एकैसाथ दुई पुस्तक विमोचन
ratopati.com · Sat Nov 25 21:52:00 GMT 2023
भक्तपुर । शिक्षाप्रेमी, भाषाविद्, साहित्यकार एवं मध्यपुरथिमिका संस्कृतिविद् गणेशराम लाछीद्वारा लिखित दुई पुस्तक आज एकैसाथ मध्यपुरथिमिमा विमोचन गरिएको छ । बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठले लाछीका दुई पुस्तक ‘कर्मयोगी गणेशराम लाछी र बागमती प्रदेशका मूर्त–अमूर्त सङ्गीत’को विमोचन गरेका थिए ।
विनायक शिक्षा निकेतन, अक्षरमार्ग प्रकाशन, मध्यपुर कला परिषद् र ख्यालिगुलु गुथिले आज संयुक्तरूपमा आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा मन्त्री डा.श्रेष्ठले भाषा, साहित्य, गीत, सङ्गीत, कला, संस्कृति देशकै जीवन्त संस्कृति र धरोहर भएकाले यसको संरक्षणमा यस्ता पुस्तक निकै उपयोगी हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)