बंगलादेशमा गार्डलाई बन्धक बनाएर जेलबाट भागे २०९ कैदी
baahrakhari.com · Wed Aug 07 17:43:00 UTC 2024

काठमाडौं । बंगलादेशमा गाजीपुरको काशिमपुर कारागारबाट २०९ कैदी भाग्न सफल भएका छन् । कारागारका सुरक्षाकर्मीलाई बन्धक बनाएर उनीहरूले जेलबाट भागेका हुन् । त्यसक्रममा तीन लडाकुसहित ६ जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो एक समूहले कारागार अगाडि आएर प्रदर्शन गर्न थालेपछि घटना भएको हो । सुरुमा केही कैदीले जेलका एकजना गार्डलाई बन्धक बनाएर कैदीहरूलाई रिहा गर्न माग गर्दै विरोध प्रदर्शन गरेका थिए । सुरक्षाकर्मीहरूले उनीहरूलाई शान्त पार्ने प्रयास गरे पनि सफल भएन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)