मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चीन–भारत जोड्ने छोटो फलाक नाका सडक निर्माण गर्न दोलखाका सांसदको माग

ratopati.com · Wed Aug 07 17:49:00 UTC 2024

काठमाडौँ । चीन–भारत जोड्ने छोटो सडक मार्गका रुपमा चर्चा पाउँदै आएको दोलखाको लामाबगर फलाक नाका सडक यथाशीघ्र निर्माणका लागि दोलखाका सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाका एमाले सांसद ईश्वरी रिजालसहित प्रदेश सांसद, पूर्वमन्त्री तथा पूर्व सांसदसहितको टोलीले वुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भेटेर नाका सडक निर्माण गर्न अहिलेकै आर्थिक वर्षमा न्यूनतम ५० करोड रकम विनियोजन गरी बहुवर्षीय आयोजनाका रुपमा ठेक्का प्रक्रिया सुरु गर्न माग गरेका हुन् ।

चीनको फलाक नाकाबाट दोलखा, रामेछाप र सिन्धुलीको बर्दिवासबाट महोत्तरी हुँदै भारतको भिटामोड नाका जम्मा २ सय २० किमीमै छिचोलिने र त्यसका लागि लामाबगरबाट तीब्बत जोडिने सिमासम्म जम्मा ३३ किमी मात्र छिचोल्नुपर्ने जानकारी गराउँदै सांसद रिजालले उत्तर–दक्षिण जोड्ने नेपालकै छोटो सडकमार्ग तत्काल निर्माण थाल्नुपर्नेमा जोड दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)