अब बाली नभित्र्याउँदै किसानको हातमा मूल्यसूची
ratopati.com · Thu Jun 11 12:44:55 GMT 2026

काठमाडौँ । सरकारले किसानहरूको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै ऐतिहासिक कदम चालेको छ । सरकारले ‘न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२’ जारी गरेको हो, यस नयाँ व्यवस्थासँगै अब प्रमुख खाद्यान्न तथा औद्योगिक बालीको मूल्य खेती लगाउनु वा भित्र्याउनुपूर्व नै निर्धारण हुनेछ । यसले कृषकहरूलाई समयमै न्यूनतम नाफा सुनिश्चित गर्नेछ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा जारी यो निर्देशिकाले प्रमुख खाद्यान्न बाली (धान, मकै, गहुँ, कोदो) र औद्योगिक बाली (उखु)को उत्पादन लागत, ढुवानी खर्च र किसानलाई न्यूनतम नाफा सुनिश्चित गरी मूल्य निर्धारण गर्ने व्यवस्था गरेको छ । यसले कृषि उपजको बजार मूल्यमा हुने उतारचढावलाई स्थिर राखी किसानहरूलाई बजार जोखिमबाट बचाउने र उनीहरूलाई कृषि पेसाप्रति आकर्षित गर्ने विश्वास गरिएको मन्त्रालयको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)