शङ्कराचार्य आज काठमाडौँ आउँदै
gorkhapatraonline.com · Thu Feb 16 00:55:55 GMT 2023
काठमाडौँ, फागुन ४ गते । महाशिवरात्रिका मुख्य पाहुना भारतको उडिसा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती स्वामी बिहीबार काठमाडौँ आइपुग्दै हुनुहुन्छ ।
तीन दिने लिङ्गपुराण, वेदपुराण, वेद, संस्कृत आचरण, वैदिक गणितबारे प्रवचन तथा व्याख्यात्मक प्रवचन दिन शिष्य र सहयोगीसहितका १० सदस्यीय टोलीसहित उहाँ काठमाडौँ आउन लाग्नुभएको हो । यस वर्षको महाशिवरात्रि शनिबार परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)