जोखिममा आधारित पुँजी सम्बन्धी मार्गचित्र तथा बिमालेख नियमन प्रक्रिया सम्बन्धी अन्तरक्रिया
clickmandu.com · Thu Jun 11 12:45:51 GMT 2026

काठमाडौं । नेपाल बिमा प्राधिकरणद्वारा त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्याथमेटिकल साइन्समा स्नातक तहका छैठौं तथा आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूसँग जोखिममा आधारित पुँजी सम्बन्धी मार्गचित्र तथा बिमालेख नियमन प्रक्रिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
जोखिममा आधारित पुँजी सम्बन्धी मार्गचित्र सहित कार्यान्वयन अवस्था, समयसीमा, प्रभावकारिता तथा अन्तर्राष्ट्रिय अभ्यास र बीमालेखको विकासका चरण तथा स्वीकृति प्रक्रिया लगायतका विषयमा बीमाङ्की विज्ञानका विद्यार्थीहरूलाई विस्तृत जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ