अर्थहीन संसदीय छानबिन
ekantipur.com · Wed Aug 10 01:16:36 GMT 2022
सिद्धान्ततः संसदीय लोकतन्त्रमा कुनै विषयमा छानबिन गर्न गठन गरिने संसदीय विशेष समितिलाई सरकारलगायतका कामकारबाहीमाथि अनुसन्धान गर्ने अचुक संयन्त्र मानिन्छ । सम्बन्धित विषयको सम्पूर्ण सत्यतथ्य पत्ता लगाउन र दोषीहरू पहिचान गर्न यस्तो समितिको अहम् भूमिका हुन्छ ।
विडम्बनापूर्ण भन्नुपर्छ, नेपालमा भइरहेका संसदीय छानबिनहरूले भने सत्य अन्वेषण गरेर दोषी पत्ता लगाउने सम्भवतः लक्ष्य नै राख्दैनन् । पछिल्ला वर्षहरूमा गठित यस्ता समितिहरूका नतिजा हेर्दा थाहा हुन्छ- यिनले सत्य अन्वेषण कम र ढाकछोप बढी गरेका छन्, र नियोजित रूपमा दोषीलाई चोख्याइदिएका छन् । यसबाट यस्ता संसदीय समितिको निष्ठा तथा वफादारी कोप्रति भन्ने प्रश्न मात्र उठेको छैन, संसदीय छानबिनको अवधारणा नै कमजोर बन्न पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)