एमालेका देवी ज्ञवाली भन्छन्– मुख्यमन्त्री बन्ने गरी मेरो उम्मेदवारी हो
shilapatra.com · Sun Nov 06 16:45:00 GMT 2022
नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा चितवन क्षेत्र नम्वर २ (ख) का उम्मेदवार देवी ज्ञवालीले चितवनको विकासका लागि प्रदेशको नेतृत्व गर्नेगरी आफू प्रदेश सांसदको उम्मेदवार बनेको बताएका छन् ।
आइतबार भरतपुरमा आयोजित घरदैलोका क्रममा उनले पार्टीले नै प्रदेशको नेतृत्व गर्नुपर्छ भनेर उम्मेदवार बनाएको बताए । नेता ज्ञवाली चितवन–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णभक्त पोखरेलसहित घरदैलो गरिरहेका छन्। निरन्तर निष्ठाको राजनीति गर्दै आएका कारण आफूलाई चितवन २ (ख) का जनताले विजयी गराउने उनको विश्वास छ । ‘मेरो राजनीतिक क्रियाकलापको क्षेत्र यही हो’, उनले भने, ‘उपप्रमुख हुँदा पनि यही क्षेत्रबाट निर्वाचित भएर काम गरेँ, यही क्षेत्रका जनताको सेवामा आफ्नो जीवन समर्पित गर्न चाहन्छु ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)