टेलिफोनमा वार्ता गरेका ओली-नेपाल भोलि भेट्ने तयारी, आइसब्रेक भएको आचार्यको दाबी
reportersnepal.com · Thu Jul 01 17:12:23 GMT 2021
काठमाडौं, १७ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भोलि भेट्ने सहमति भएको छ । पार्टीभित्रको विवाद चुलिँदै गएपछि यी दुई नेताबीच सम्वादहिनताको अवस्था थियो ।
तर, भोलिको लागि बोलाईएको केन्द्रीय कमिटीमा सहभागी नहुने भनेर माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुले निर्णय गरेपछि अध्यक्ष ओलीले नेता नेपाललाई टेलिफान गरेर बैठकमा सहभागी हुन आग्रह गरेका थिए । दुई नेताबीच आज साँझ कुराकानी भएको नेपालनिकट नेता सोमप्रसाद पाण्डेले जानकारी दिए । उनकाअनुसार दुई नेताबीच भेटेरै कुराकानी गर्ने सहमति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)