अमेरिकामा बढेको बढै मृतक: बितेको २४ घण्टामा ७ हजार ४ सय बढीमा संक्रमण
lokpath.com · Mon May 18 18:09:40 UTC 2020
काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको सबैभन्दा बढी असर देखिएको छ । हालसम्म अमेरिकामा कोरोनाको कारण ९१ हजार ३ सय ६ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ७ हजार ४ सय ५९ जनामा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १५ लाख ३५ हजार १ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ ।
अमेरिकामा संक्रमित मध्ये १५ हजार ९ सय ५ जनाको अवस्था गम्भीर रहेको छ । भने ३ लाख ५१ हजार ३ सय ४३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र अमेरिकामा कोरोनाको कारण ३ सय २ जनाको ज्यान गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)