खप्तड मालिका यातायात प्रालिको बस काउन्टर तोडियो
lokpath.com · Sat Jul 17 17:14:27 GMT 2021
धनगढी । जिल्ला अदालत कैलालीको आदेशको अवज्ञा गर्दै धनगढी उप–महानगरपालिकाले धनगढीमा रहेको खप्तड मालिका यातायात प्रा.लि.को बस काउन्टर तोडेको छ ।
कैलाली जिल्ला अदालतले यही वैशाख १३ गते खप्तड मालिका यातायात प्रा.लि.का विवादित दुवै पक्षलाई छलफल गराई निर्णयमा पुग्न आदेश जारी गरेको भए पनि धनगढी उप–महानगरपालिकाले आज शनिवार विवादित दुवै पक्ष बिच छलफल र सहमति बिनै अदालतको आदेशको अवज्ञा गर्दै खप्तड मालिका यातायात प्रा.लि.को टिकेट काउन्टर तोडेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)