मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वप्रधानमन्त्रीत्रय प्रचण्ड, माधव र झलनाथसँग संविधान संशोधन कार्यदलको छलफल

onlinekhabar.com · Thu Jun 11 12:52:34 GMT 2026

२८ जेठ, काठमाडौं । संविधान संशोधन कार्यदलले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वको ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले बिहीबार तीनै जना पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको हो ।

सुझाव संकलनका क्रममा संयोजक शाहसहितको कार्यदल टोली ललितपुरको मानभवनस्थित प्रचण्डको निवास पुगेको थियो ।

प्रचण्डकै निवासमा पूर्व प्रधानमन्त्रीहरू नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय