मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

किन बन्द हुँदै छन् बारा–पर्सा औद्योगिक करिडोरका उद्योग ?

ratopati.com · Fri Dec 29 00:58:00 GMT 2023

बारा । दैनिक २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने बारा–पर्सा औद्योगिक करिडोरको सालिमार सिमेन्ट उद्योगले अहिले ३ देखि ४ हजार बोरा मात्रै सिमेन्ट उत्पादन गर्दछ । प्रतिदिन २० घण्टा चल्ने उद्योगले एक वर्षअघिदेखि ८० प्रतिशतले उत्पादन घटाएको छ । उत्पादन घटाएपछि ५० प्रतिशत मजदुर पनि कटौती गरेको छ । उत्पादन र मजदुर कटौती मात्रै होइन उद्योगमा विद्युत् खपतसमेत पनि ४० प्रतिशतले घटेको विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

सालिमार सिमेन्ट उद्योगका प्रोप्राइटर अशोक वैद्य सिमेन्टको अर्डर आएका खण्डमा मात्रै उद्योग चलाउने र अन्य समयमा बन्दै हुने गरेको बताउँछन् । उनले सरकारले पुँजीगत खर्च नबढाएसम्म उद्योगको अवस्था झनै दयनीय हुँदै जाने दाबी गर्दछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)