अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागी नहुने
nepalbahas.com · Thu Mar 12 05:45:34 GMT 2026

अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागी नहुने
२८ फागुन, काठमाडौं । अमेरिकासँग बढ्दो तनावका कारण इरानले सन् २०२६ को फिफा विश्वकपमा सहभागी नहुने जनाएको छ । इरानका खेलकुद मन्त्री अहमद दुन्यामालीले अमेरिकी आक्रमणमा देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरिएको आरोप लगाउँदै यस्तो परिस्थितिमा विश्वकपमा सहभागी हुन नसकिने बताएका हुन् । उनले राज्य टेलिभिजनसँगको कुराकानीमा भने, “अमेरिकाले हाम्रो नेताको हत्या गरेको अवस्थामा हामी कुनै हालतमा विश्वकपमा सहभागी हुन सक्दैनौं ।”
फेब्रुअरी २८ देखि अमेरिका र इजरायल एकातिर तथा इरान अर्कोतिरबीच द्वन्द्व चर्किएको छ । यस द्वन्द्वले पश्चिम एशियाली क्षेत्र मात्र नभई विश्व ऊर्जा आपूर्ति श्रृंखलामा समेत असर पु¥याएको छ । मन्त्री दुन्यामालीले हालको अवस्थामा देशका नागरिक तथा खेलाडीको सुरक्षा सुनिश्चित नभएको भन्दै विश्वकपमा सहभागिताका लागि आवश्यक वातावरण नै नरहेको बताए । उनले पछिल्लो केही महिनामा युद्धका कारण हजारौँ इरानी नागरिक मारिएको दाबी पनि गरेका छन् ।
सन् २०२६ को फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् । प्रतियोगिता जुन ११ देखि सुरु भएर जुलाई १९ मा फाइनल खेलसहित सम्पन्न हुनेछ । इरानको समूह चरणका सबै खेल अमेरिकाका शहरहरू लस एन्जलस र सियाटल लगायतमा हुने तालिका छ । यद्यपि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी टोलीलाई प्रतियोगितामा स्वागत गर्ने बताएका छन् ।
तर इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले हालको परिस्थितिमा इरानले विश्वकपलाई आशाका साथ हेर्न नसक्ने बताएका छन् । एएनआई
खेलकुद
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
खेलमा सफलता पाउन खेलाडीलाई सोसल मिडियाबाट टाढा राख्नु जरुरी छः गौतम गम्भीर
फागुन २७, २०८२ बुधबार
डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता आयोजना हुने
फागुन २६, २०८२ मंगलबार
टि –२० विश्वकपः आज तीन खेल हुँदै
फागुन ४, २०८२ सोमबार
नेपालबहस ट्रेन्डिङ
राष्ट्रियसभामा शून्य उपस्थितिले रास्वपालाई अघि बढ्न दुई तिहाइको दम्भभन्दा राष्ट्रिय सहमति आवश्यक
नेपालबहस संवाददाता
फागुन २६, २०८२ मंगलबार
प्रहरी पोसाक खरिदमा ठूलो खेलः अदालतको आदेशपछि ४८ करोडको ठेक्का पुनः सक्रिय
नेपालबहस संवाददाता
फागुन २६, २०८२ मंगलबार
यी हुन् प्रतिनिधिसभा पुग्ने ३५ मुनिका माननीयहरू
नेपालबहस संवाददाता
फागुन २५, २०८२ सोमबार
सशस्त्र प्रहरीमाथि आक्रमणको मुद्दा मिलाउन उच्च चलखेल, मुख्य तस्कर मदन रुन्चे अझै फरार
नेपालबहस संवाददाता
फागुन २५, २०८२ सोमबार
Tweets by nepalbahas
लोकप्रिय
१
रविको संगठित अपराध र सम्पति शुद्धीकरण मुद्दा फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पठाइयो
फागुन २७, २०८२ बुधबार
२
शाहरुख खान तीन वर्षपछि पर्दामा फर्कदै
फागुन २७, २०८२ बुधबार
३
पर्सामा ग्यास, पेट्रोल र डिजेलको कमी नभएको प्रशासनको दाबी, कृत्रिम अभाव सिर्जना नगर्न चेतावनी
फागुन २७, २०८२ बुधबार
छुटाउनुभयो कि?
सुनसरीमा दुई सय केजी गाँजा बरामद
फागुन २८, २०८२ बिहिबार
अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागी नहुने
फागुन २८, २०८२ बिहिबार
ग्रीस पठाइदिन्छु भन्दै तीन जनाबाट २५ लाख ठगेको आरोपमा ललितपुरबाट एक जना पक्राउ
फागुन २८, २०८२ बिहिबार
तोलामा २ हजार सस्तिएर ३ लाख १७ हजार कायम भयो सुनको मूल्य, चाँदी पनि घट्यो
फागुन २८, २०८२ बिहिबार
यस पटकको निर्वाचनमा आफूले सोचेभन्दा विपरीत परिणाम आए पनि म जनमत स्वीकार्छुः ओली
फागुन २८, २०८२ बिहिबार
यस्तो बन्दै छ अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जेनजी शहीद स्मारक पार्क
फागुन २८, २०८२ बिहिबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)