भरतपुर महानगरपालिका मतगणना तनाव : विवाद मिलाउन सर्वदलीय बैठक
lokpath.com · Mon May 16 18:18:46 GMT 2022
काठमाडौं । भरतपुर महानगरपालिकामा रोकिएको मतगणना सुचारु गर्न सर्वदलीय बैठक नै बस्नु पर्ने भएको छ । मतगणना गर्दा धाँधली भएको भन्दै एमालेका प्रतिनिधिले आरोप लगाएसँगै मतगणना रोकिएको थियो ।
मतगणना रोकिएसँगै छलफलबाट विवाद नसुल्झिएपछि सर्वदलीय बैठक नै बस्नु परेको हो । अहिले सर्वदलीय बैठक जारी छ । उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप लगाउँदै एमालेका प्रतिनिधिले होहल्ला गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)