मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको साधारणसभा सम्पन्न

abhiyandaily.com

काठमाडौं (अस) । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको २७ औं वार्षिक साधारणसभा काठमाडौंमा बिहीबार सम्पन्न भएको छ । साधारणसभामा कम्पनीका अध्यक्ष शशिराज पाण्डले आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । हाल कम्पनीको निक्षेप ६ अर्ब २४ करोड, कर्जा सापटी ४ अर्ब ५८ करोड र खुद मुनाफा (बोनस तथा कर व्यवस्थापछि) ११ करोड ४५ लाख रहेको उनले साधारणसभा विवरण प्रस्तुत गरे ।

साधारणसभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत (बोनस शेयर ७ दशमलव ७ प्रतिशत तथा नगद लाभांश ३ दशमलव ३ प्रतिशत) लाभांश वितरण प्रस्तावलाई अनुमोदन गरेको छ । लाभांश वितरणपछि कम्पनीको जारी तथा चुक्ता पुँजी ९५ करोड ८६ लाख ७५ हजार पुगेकोे छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)