माल्दिभ्समा धूमपान ‘पुस्ताको प्रतिबन्ध’ लागू ः २००७ पछि जन्मिएका सबैलाई सुर्तीजन्य पदार्थ निषेध
barnanmedia.com · Sat Nov 01 21:40:28 GMT 2025

माल्दिभ्स सरकारले शनिबारदेखि ऐतिहासिक कदम चाल्दै सन् २००७ जनवरी १ पछि जन्मिएका सबै नागरिक र आगन्तुकहरूमा सुर्तीजन्य पदार्थको प्रयोग, बिक्री र खरिदमा पूर्ण प्रतिबन्ध लागू गरेको छ । योसँगै “धूमपानमा पुस्तागत प्रतिबन्ध” औपचारिक रूपमा सुरु गरिएको मुलुकहरूमध्ये माल्दिभ्स विश्वकै पहिलो देश बनेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रपति मोहम्मद मुइजुले यस वर्षको सुरुआतमा घोषणा गर्नुभएको यो नीति नोभेम्बर १ देखि कार्यान्वयनमा आएको हो । मन्त्रालयले यसलाई ‘जनस्वास्थ्यको संरक्षण र सुर्तीजन्यमुक्त पुस्ता निर्माणतर्फको निर्णायक कदम’ भनेर व्याख्या गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)