मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पुरानो गठबन्धन ब्युँताउने कसरतमा कांग्रेस

ekantipur.com · Tue Feb 07 00:53:30 GMT 2023

काठमाडौँ — कांग्रेसले सत्ता गठबन्धनभित्र बढिरहेको कचपचको फाइदा उठाउँदै पुरानो गठबन्धन ब्युँताउने कसरतलाई तीव्रता दिएको छ । प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई निरन्तरता दिने गरी कांग्रेसले पाँचदलीय गठबन्धन ब्युँताउन खोजिरहेको छ । माओवादी नेताहरू भने अब फेरि कांग्रेस नेतृत्वको गठबन्धनमा जाने/नजाने भन्ने तय राष्ट्रपति निर्वाचनसम्ममा एमालेको भूमिकाले निर्धारण गर्ने बताउँछन् ।

कांग्रेससँगको पाँचदलीय गठबन्धन अचानक भत्काएर प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष दाहालले नयाँ सत्ता समीकरणमा सहज महसुस नगरिरहेको नेताहरू बताउँछन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तुति र सत्ता गठबन्धनको तेस्रो घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारबाट बहिर्गमनका कारण उनलाई थप अप्ठेरोमा पारेको छ । रास्वपाले समर्थन फिर्ता नगरेकाले सरकारलाई तत्काल समस्या छैन । कांग्रेस नेताहरू गठबन्धनका विषयमा आसन्न राष्ट्रपति निर्वाचन ‘टर्निङ प्वाइन्ट’ हुन सक्ने बताउँछन् । राष्ट्रपति निर्वाचन आगामी फागुन २५ मा हुँदै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)