मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नर्सरीबाट वार्षिक ४० लाख आम्दानी

ratopati.com · Sat Nov 01 22:55:00 GMT 2025

सुनसरी । इटहरीका सफल उद्यमी केदार अधिकारी फूल र बिरुवाको व्यवसायमार्फत आत्मनिर्भर बनेका छन् । बाल्यकालदेखि नै बोटबिरुवासँगको माया बोकेका उनले पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै २०४३ सालमा इटहरी उपमहानगरपालिका–६ मा ‘पशुपति नर्सरी’ स्थापना गरे । सुरुआतमा करिब रु दुई लाख ५० हजार लगानीमा सुरु गरिएको यो नर्सरी अहिले रु एक करोडभन्दा बढी लगानीमा रूपान्तरण भएको छ । यही नर्सरीबाट वार्षिक रु ३५ लाखदेखि रु ४० लाखसम्म आम्दानी हुने गरेको अधिकारी बताउँछन् ।

अधिकारीका हजुरबुबा र बुबाले फूल तथा बिरुवाको व्यवसाय सुरु गरेका थिए । हजुरबुबाबाट प्रेरित भएर उनका बुबाले सुपारीको बिरुवा उत्पादन सुरु गरे । अधिकारीले भने, “बुबा सुपारीका बिरुवादेखि विभिन्न प्रजातिका फूल र फलफूलका बिरुवा उत्पादन गरेर बिक्रीका लागि वीरगन्ज, बुटवल, नारायणगढसम्म पुग्नुहुन्थ्यो ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)