मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिग–२ : विश्व कप छनाेटमा पुग्न नेपाल यूएईसँगकाे खेल जित्नैपर्ने दबाबमा

Ujyaaloonline.com · Thu Mar 16 00:30:39 GMT 2023

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज बिहीवार यूएईसँग खेल्दैछ । खेल बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ ।

लिग–२ को अन्तिम शृङ्खलाकाे यो खेल नेपालका लागि निर्णायक मानिएको छ । आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जुन/जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्व कप ग्लोबल छनोटमा पुग्नेछ । यूएईसँग हारेमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपाल पराजित भएमा नामिबिया सोझै विश्व कप छनोटमा पुग्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)