चुरेका नागरिकको दुःखः ५० रुपैयाँ कर तिर्न ३ हजार खर्च, ३ घण्टा हिँडेर स्कुल
rajdhanidaily.com · Sat Nov 01 23:12:10 GMT 2025

उदयपुर । उदयपुर र सिरहाको सिमानास्थित चुरे क्षेत्रमा आधिकारिक सिमानाको टुंगो नलाग्दा त्यहाँका आधा दर्जन बस्तीका ४ सयभन्दा बढी घरपरिवार अहिले न्यूनतम आधारभूत आवश्यकताबाट वञ्चित हुन पुगेका छन् । दुवै जिल्लाका स्थानीय तहले आफ्नो नभएको बताउँदै आएपछि त्यहाँका स्थानीयवासी अनागरिकजस्तै हुन पुगेको छ ।
२०२८ सालमा जग्गा नापी हुँदा उनीहरूको जग्गाधनी लालपुर्जा उदयपुरको छ । चुरेका अधिकांश क्षेत्र उदयपुरमै पर्ने भए पनि २०३२ सालमा चुरे पानी ढोलो क्षेत्र सीमा छुट्टिएकाले सिरहामा पर्न गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)