भारतविरुद्धको एकदिवसीय सिरिज श्रीलंकाकाे ऐतिहासिक सिरिज
barnanmedia.com · Wed Aug 07 21:46:33 UTC 2024
भारतविरुद्धको एकदिवसीय सिरिज श्रीलंकाले जितेको छ । बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा भारतलाई ११० रनको अन्तरले हराउँदै श्रींलकाले सिरिज २–० ले जितेको हो । यसअघि पहिलो खेल बराबरीमा सकिँदा दोस्रो खेल श्रीलंकाले ३२ रनले जितेको थियो ।
जितकालागि श्रीलंकाले दिएको २४९ रनको लक्ष्य पछ्याएको भारतले २६.१ ओभरमा अलआउट हुँदै १३८ रन मात्र बनाउन सक्यो । भारतका लागि कप्तान रोहित शर्माले ३५ रन बनाएपछि टोलीको हार टार्न सकेनन् । त्यस्तै वासिङ्टन सुन्दरले ३०, विराट कोहलीले २०, रियान परागले १५ रन बनाए । अन्य खेलाडीको प्रदर्शन उल्लेखनीय रहेन ।भारतलाई सस्तैमा समेट्न श्रीलंकाका डुनिथ भेलालागेले सर्वाधिक ५ विकेट लिए । ५.१ ओभर बलिङ गरेका उनले मात्र २७ रन खर्चिए । तेक्षाना र वान्डरसेको नाममा २२ विकेट रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)