मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मत हाल्न ८ घण्टा पैदल

annapurnapost.com · Sat Nov 19 01:21:00 GMT 2022

तानसेन/भोजपुर : पाल्पाका २५ मतदानस्थलका मतदाताहरू ८ घण्टासम्म पैदल हिँडेर भोट हाल्न जानुपर्ने भएको छ। लामो बाटो हिँड्नु परेपछि वृद्ध, अशक्त, अपांगहरू मत दिन नै जाँदैनन्। मत राख्नै कठिन भइरहँदा पनि निर्वाचन आयोग, जिल्लाका क्रियाशील राजनीतिक दल, जिल्ला निर्वाचन कार्यालय, जिल्ला निर्वाचन सुरक्षा समितिले परम्परागत मतदानस्थललाई निरन्तरता दिँदा मतदाताहरू भोट हाल्न ८ घण्टासम्म हिँड्नु परेको हो।

वैशाख ३० को स्थानीय तह निर्वाचनमा मतदान केन्द्रहरूको अवस्था प्रत्यक्ष रूपमा अवलोकन गरेको निर्वाचन आयोगले कर्मकाण्डी तरिकाले पुरानै मतदान स्थललाई कायम गर्दा मतदाता भोट हाल्न लामो समय हिँड्न बाध्य भइरहेका छन्। निस्दी गाउँपालिका – १ बाकामलांग, २ सहलकोट, ३ झिरवास, ४ मित्याल, ५ गल्धा, ६ अर्चले र वडा नंं ७ ज्यामिरेका मतदातालाई मतदानस्थल पुगी मतदान गरी घरमा फर्किंदा ८ घण्टासम्म हिँड्नु पर्ने बाध्यता छ। निस्दी गाउँपालिकाको ७ वटा वडामध्ये ६ वटा वडामा एक मतदानस्थल मात्र कायम गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)