मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

देश चाँडै सामान्य अवस्थामा आउँछ : सेना प्रमुख उज–जमान

barnanmedia.com · Wed Aug 07 22:18:09 UTC 2024

बंगलादेशका सेना प्रमुख जनरल वाकर–उज–जमानले देशको स्थिति छिट्टै सामान्य अवस्था फर्किने बताएका छन् ।

ढाका ट्रिब्युनका अनुसार उनले पूर्वप्रधानमन्त्री शेख हसिनाको राजीनामापछि तोडफोड र लुटपाटमा संलग्नलाई कडा कारबाही गरिने पनि बताएका छन् ।बुधबार साँझ राजधानीस्थित सैनिक मुख्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “देशको अवस्था सुधार हुँदै गएको छ । तीन–चार दिनमा सामान्य अवस्थामा फर्किन्छ । अपराध गर्नेलाई हामी छाड्दैनौँ, उनीहरूलाई कानुनी कारबाही गरिने छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)