मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

एउटा पुजारी र एक किसान

nayapatrikadaily.com · Mon Feb 05 00:25:00 GMT 2024

एउटा पुजारी आफ्नो कारबाट कहीँ जाँदै थियो । जाँदै गर्दा उसले बाटोमा एउटा असाधारण रूपले खेतको दृश्य मनमोहक देख्यो र ऊ रोकियो । ऊ कारबाट बाहिर निस्किएर खेतको एकछेउमा उभिँदै मनमनै खेत र लहलह झुलेका बालीको खुब सराहना गर्न थाल्यो ।

केहीबेर उसले मन्त्रमुग्ध भएर एकोहोरो निहारी रह्यो । सो खेतको किसान पनि आफ्नो ट्र्याक्टर लिएर कतै जाँदै थियो । पुजारीलाई खेतको छेउमा उभिएर टकटकी लगाइरहेको देखेर ऊ पनि रोकियो । जहाँ पुजारी थिए, ऊ पनि सोही स्थानमा गयो । पुजारीले उसलाई देखेर भने, ‘भगवान्ले तिमीलाई यस्तो सुन्दर खेत दिनुभएको छ । तिमी यसका लागि आभारी हुनुपर्छ ।’ किसानले उत्तर दिन्छ, ‘हो भगवान्ले मलाई एउटा मनमोहक खेतका साथै भरपुर आशीर्वाद पनि दिएका छन् । म यसका लागि उनीप्रति आभारी छु । तर, तपाईंले यो खेत त्यतिखेर हेर्नुपर्ने थियो जतिखेर यो पूरै बाँझो र रुखो थियो ।’ पुजारी उसको जवाफ सुनेर अवाक भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)