राष्ट्रिय पारा एथलेटिक्स सङ्घका अध्यक्ष शिवाकोटी पक्राउ
ratopati.com · Thu Jun 11 13:19:51 GMT 2026

काठमाडौँ । राष्ट्रिय पारा एथलेटिक्स सङ्घका अध्यक्ष ओम नाथ शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई ठगी सम्बन्धी कसुरमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए।
शिवाकोटी विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा ठगी सम्बन्धी जाहेरी दर्ता भएको छ।दशरथ रङ्गशालाबाट पक्राउ गरेर उनलाई थप अनुसन्धान र कारबाहीका लागी परिसर पठाइएको एसएसपी खड्काले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)