सकियो ‘गाथामग: च:ह्रे’, सुरु भयो यस वर्षको चाडपर्व (फोटो फिचर)
onlinekhabar.com · Sun Jul 19 17:34:59 UTC 2020
४ साउन, काठमाडौं । आज घण्टाकर्ण चतुर्दशी अर्थात् नेवार समुदायले मनाउने गठेमग पर्व । यस दिनलाई काठमाडौं उपत्यका र आसपासका नेवार समुदायले गठामग चह्रे पर्वको रुपमा मनाउने गर्छन् भने उपत्यका बाहिर घण्टाकर्ण चतुर्दशीको रूपमा मान्ने गरिन्छ ।
घण्टाकर्ण चतुर्दशी र गठामग चह्रे पर्वबीच नाम, विधि र किंवदन्तीमा समेत धेरै समानता पाउन सकिन्छ । उपत्यकाभित्रका भने तीनै जिल्लामा यसको समान विधि रहेको इतिहासविद् चन्द्र चक्रधर बताउँछन् । उनका अनुसार नेवारी भाषाको गठामग संस्कृत शब्द घण्टाकर्णको अपभ्रंश रूप हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)