मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

धुलिखेल अस्पतालको वार्ड भवनको उद्घाटन

barnanmedia.com · Wed Aug 07 23:12:00 UTC 2024

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको सहयोगमा निर्माण गरिएको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकास्थित धुलिखेल अस्पतालको वार्ड भवन उद्घाटन गरिएको छ ।

भारत सरकारको कूल परियोजना लागत रु चार करोड २६ लाख आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवनको आज भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव अविनाशकुमार सिंहले उद्घाटन गर्नुभयो । कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जू श्रेष्ठ, विभिन्न राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, अस्पताल व्यवस्थापनका प्रतिनिधि तथा समाजसेवीको उपस्थिति रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)