मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पुल्चोकको मन्त्री निवास सर्वोच्चका न्यायाधीशलाई

ekantipur.com · Wed Aug 07 23:15:41 UTC 2024

काठमाडौँ — पुल्चोकस्थित मन्त्री निवासमा अब सर्वोच्च अदालतका न्यायाधीश र मुख्य रजिस्ट्रारलाई राखिने भएको छ । मन्त्रीहरूका लागि भैंसेपाटीमा नयाँ आवास बनाइएकाले पुल्चोकमा न्यायाधीशलाई आवासको व्यवस्था गर्न लागिएको हो । भदौ मसान्तसम्म पुल्चोकबाट सबै मन्त्री भैंसेपाटी सरिसक्ने र असोजसम्म न्यायाधीशहरूलाई राख्ने सरकारको तयारी छ ।

मन्त्री आवास व्यवस्थापन सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गर्दै आएको छ । कार्यालयका प्रमुख चक्रवर्ती कण्ठका अनुसार मन्त्री आवास भैंसेपाटी सरिसकेपछि पुल्चोक आवासलाई ‘स्टेट गेस्ट हाउस’ बनाउने तयारी थियो । ‘यो निर्णय अलि पहिला भएको थियो,’ उनले भने, ‘पछि ०७९ फागुन १९ मा सरकारले सर्वोच्चका न्यायाधीश र मुख्य रजिस्ट्रारको निवास बनाउने निर्णय गरेको हो ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)