लागूऔषध दुर्व्यसनीमा फेसेकाहरुको विश्वासिलो गन्तव्य बन्दै आश्रय सुधार केन्द्र
rajdhanidaily.com · Wed Aug 07 23:14:28 UTC 2024

बिराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका ३ मा रहेको आश्रय सुधार केन्द्र स्थापना भएको दुई बर्ष पूरा भएको छ। मंगलबार राती सुधार केन्द्रको बार्षिक उत्सव मनाई रहदा सबैको अनुहारमा खुशी देखिन्थ्यो।
स्थापना भएको छोटो समयमा नै लागूऔषध दुर्व्यसनीमा फसेका ८ सय जना भन्दा बढीलाई नयाँ जीवन दिएको छ । लागूऔषध दुर्ब्यसनी तथा मादक पदार्थ सेवन गर्दै समाजमा नकरात्मक क्रियाकलापतर्फ लागेका युवाहरूलाई खराब कुलतबाट टाढा राख्न स्थापना भएको सुधार केन्द्रले ८ सय जनालाई उपचार गरी समाजमा पुनरस्थापना गाराएको सुधार केन्द्रका कार्यक्रम संयोजक सेवक खत्रीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)