मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खाद्य तथा पोषण सुरक्षा कार्यक्रम थप चार पालिकामा

barnanmedia.com · Wed Aug 07 23:26:27 UTC 2024

खाद्य तथा पोषण सुरक्षा कार्यक्रम थप चार जिल्लामा लागू भएको छ । धनुषा र महोत्तरीका बाढी प्रभावित गाउँपालिकाका गरिब तथा विपन्न कृषकलाई लक्षित गरेर कार्यक्रम लागू भएको हो ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर एकाइ धनुषाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले महोत्तरीको समसी र सोनमा गाउँपालिका तथा धनुषाको बटेश्वर र जनकनन्दनी गाउँपालिकाका चार पालिकामा कार्यक्रम थप भएको जानकारी दिनुभयो । उहाँले दोस्रो चरणअन्तर्गतको कार्यक्रमका लागि छनोट भएका पालिकामा आर्थिक वर्ष सुरू भएको पहिलो महिनामा पाँच सय ४० वटा समूह गठन गरिसकेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)