ललितपुरबाट बमसहित विप्लवका कार्यकर्ता पक्राउ
himalkhabar.com · Fri Jun 12 17:22:02 UTC 2020
प्रहरीले पाटनबाट तीनथान तयारी अवस्थामा रहेकाे बम सहित नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ता पक्राउ गरेकाे छ। प्रहरीले बिस्फाेटका लागि तयारी अवस्थामा रहेकाे सकेट बम बंगलामुखी मन्दिर नजिककाे घरबाट बरामद गरेकाे हाे ।
सेनाकाे बम डिस्पाेजल युनिटले बम डिस्पाेज गरेकाे छ । महानगरी प्रहरी परिसर ललितपुरले ईखाछे बंगलामुखी नजिकबस्ने बिप्लव समूहका कार्यकर्ता श्याम भन्ने सानुराज बज्रचार्यको घर खानतलासी गर्दा घरको तेस्रो तल्लामा रहेको उनकाे कोठामा लुकाई राखेको अवस्थामा मेटासिटको भाडोमा ईम्प्रुभाईज गरि बनाएको (सकेट बम) ३ थान, कटुवा पेस्तोल १ थान र ने.क.पा. (बिप्लप समूह) संग सम्बन्धित पुस्तक, लेटर प्याड समेत बरामद गरेकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)