उडेको ३ मिनेटमै डाइनेस्टीको हेलिकोप्टर दुर्घटना : क्याप्टेनसहित ५ जनाको मृत्यु
ekantipur.com · Wed Aug 07 23:36:17 UTC 2024

काठमाडौँ — एयर डाइनेस्टीका वरिष्ठ क्याप्टेन अरुण मल्लले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भुइँ छाड्नुअघि ‘फ्लाइट डिस्प्याचर’ लाई ‘स्याफ्रुबेसीबाट चाँडै फर्किन्छु, अलमलिन्न,’ भनी उडेका थिए । तर त्यसको तीन मिनेटमै शिवपुरी जंगल कट्नासाथ हेलिकोप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटनामा पर्दा उनीसहित चार चिनियाँ नागरिकको घटनास्थलमै मृत्यु भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा क्याप्टेन मल्ल, चिनियाँ नागरिकहरू टाङ जुटाओ, वु यियाओ, ली जेई र सेई जिमिङको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)