मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भागबन्डा मिलाउन मधेशमा २० सदस्यीय मन्त्रिपरिषद्

ekantipur.com · Wed Aug 07 23:40:24 UTC 2024

धनुषा, सप्तरी — मधेशमा दलहरूबीच भागबन्डा मिलाउन २० सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाइएको छ । जनमत पार्टीबाट मुख्यमन्त्री भएका सतिशकुमार सिंहले मंगलबार ५ राज्यमन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।कांग्रेसबाट २, एमाले, जनमत र लोसपाका १/१ राज्यमन्त्री थपिएका छन् । मधेशमा यसअघि मुख्यमन्त्रीसहित १२ मन्त्री र ३ राज्यमन्त्री थिए ।

एमालेका मोहम्मद जैद आलमलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादवलाई शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भुकुमार साहलाई उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । कांग्रेसको तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र नीलमकुमारी रजक ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री बनेका छन् । एमालेका मोहम्मद जैद आलम यसअघि सरोजकुमार यादव नेतृत्वको सरकारमा महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)