मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस–एमालेको खटपटमा राष्ट्रपति प्रवेश, अब के हुन्छ गठबन्धन ?

barnanmedia.com · Thu Jul 24 21:34:18 GMT 2025

गठबन्धन गरेर एक वर्षदेखि सरकार चलाइरहेका कांग्रेस र एमालेबीच खटपटमा राष्ट्रपति रामचन्द्र पौडेल प्रवेश गरेका छन्। कांग्रेसबाट राष्ट्रपति बनेका पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्मा फिर्ता पठाइदिएपछि बालुवाटारमा खैलाबैला मच्चिएको छ।

पछिल्लो पटक भुमि विधेयक र निजामती विधेयकमा कुलिङ अफ पिरियडमा कांग्रेसले फरक मत राखेपछि प्रधानमन्त्री केपी शर्मा ओली रुष्ट थिए। यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले मुख नखोले पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संशोधन नै हालेका छन्। अर्का नेता शेखर कोइराला त प्रमुख प्रतिपक्ष बनेका छन्। खासगरी भूमि विधेयकमा प्रस्ताव गरिएको जग्गा कारोबारीलाई हदबन्दी बढीको जग्गा बेच्न दिने र सुकुमबासीलाई जग्गा दिने सबै दलको मुद्दा हो। केवल विषय मात्र के हो भने आफ्नो सरकार भएका बेला दिने अरुले निर्णय गरेमा विरोध गर्ने । किनकी सुकुमबासी, अव्यवस्थित बसोबासीलाई जग्गा दिने विषय भोटको राजनीतिसँग जोडिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)