मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गठबन्धनमा गडबड !

ekantipur.com · Sun Oct 02 00:49:02 GMT 2022

काठमाडौँ — झन्डै दुई महिनादेखि ‘म्याराथन’ बैठक गर्दा पनि प्रतिनिधिसभा एवं प्रदेशसभाको सिट बाँडफाँट टुंगो लगाउन नसकेको पाँचदलीय सत्ता गठबन्धनमा गडबड देखिएको छ । गठबन्धनको चौथो ठूलो शक्ति जनता समाजवादी पार्टीले सिट बाँडफाँटका लागि भएका दबाबमूलक गतिविधिप्रति असन्तुष्टि जनाउँदै अन्य दलसँग तालमेलको ढोका खुला गरेको छ ।

सकेसम्म गठबन्धन जोगाएर चुनावमा तालमेल गर्ने, सहमति नभएका ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने, जुनसुकै दलसँग मिलेर चुनावमा जाने र आफ्नो शक्ति सुरक्षित गर्ने गरी जसपाले विकल्प खुला गरेको हो । पार्टी कार्यालयमा शनिबार बसेको कार्यकारिणी समिति बैठकले सकेसम्म गठबन्धनमै रहने र नभए अन्य दलसँगसमेत तालमेलमा जाने गरी निर्णय लिएको छ । ‘हामी गठबन्धनमा त छँदै छौं तर अरू दलसँग पनि तालमेल गर्न विकल्प खुला गरेका छौं,’ जसपा अध्यक्ष उपेन्द्र यादवले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)