राष्ट्रिय सभा निर्वाचन : १९ सिटमा भागबन्डा, एस असन्तुष्ट
ekantipur.com · Sun Jan 07 01:06:04 GMT 2024
काठमाडौँ — सत्ता गठबन्धन दलले राष्ट्रिय सभामा रिक्त १९ सिटका लागि सहमति गरेका छन् । शनिबार अबेर राति सकिएको बैठकमा सहमति भए पनि एकीकृत समाजवादी आफूले पाउने सिटप्रति असन्तुष्ट छ । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले सिटको भागबन्डा गरेका हुन् ।
सहमतिअनुसार कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाउने भएका छन् । कोशीमा कांग्रेस र माओवादीले १/१, मधेशमा कांग्रेस र जसपाले १/१, सुदूरपश्चिममा कांग्रेस र माओवादीले १/१ र लुम्बिनीमा कांग्रेस र माओवादीले १/१ सिट पाउने अनौपचारिक सहमति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)