...अनि सफल भयो भारत-पाकिस्तान युद्धविराम
annapurnapost.com · Sat May 10 17:40:01 GMT 2025

काठमाडौं : भारत र पाकिस्तानबीच पछिल्ला पाँच दिनदेखि तनाव बढिरहेको थियो। विशेषतः भारत-पाकिस्तान सीमा क्षेत्र र दुवै देशले शासित गर्दै आएको जम्मु कश्मीर क्षेत्र गोलबारीले अशान्त बनेको थियो। दुवै देशका आ-आफ्नै दाबीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाली समयअनुसार ५:४८ बजे एक्समा एउटा पोस्ट गरे। उनले मध्यरातसम्म चलेको वार्ता सफल भएको उल्लेख गरेका छन्।
उनले भारत र पाकिस्तानले युद्धविराम गर्न सहमत भएको घोषणा पनि गरे। भारत र पाकिस्तानबीच युद्ध चलिरहेकै बेला अमेरिकी राष्ट्रपति ट्रम्पले सुखद समाचार सुनाएका थिए। उनले युद्धविराम गर्न सहमत भएकोमा भारत र पाकिस्तानलाई बधाइ पनि दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)