बर्दिया अस्पतालमा पहिलो पटक पाठेघरको शल्यक्रिया
ekantipur.com · Wed May 24 16:36:48 GMT 2023
बर्दिया — सदरमुकाम गुलरियाको जिल्ला अस्पतालमा पहिलो पटक तीन जना महिलाको पाठेघरको शल्यक्रिया गरिएको छ । लामो समयदेखि समस्याग्रस्त ती महिलाका पाठेघरको स्त्री तथा प्रसूति रोग विशेषज्ञले सफल शल्यक्रिया गरेका हुन् ।
अस्पतालका अनुसार स्त्री तथा प्रसूति रोग विशेषज्ञ स्यामिनी चौधरी, रामविश्वास राय लगायत सातजना स्वास्थ्यकर्मीको सहयोगमा शल्यक्रिया गरिएको हो । जटिल खालको पाठेघर पेट चिरेर निकालिएको डा चौधरीले बताइन् । केस जटिल भए पनि सतर्कतापूर्वक पाठेघर बाहिर निकालिएको उनले जनाइन् । तीमध्ये एक जना महिलाको करिब एक वर्षदेखि पाठेघरको समस्याले रगत बग्ने समस्या थियो । गुलरिया—७ की ४५ वर्षीया सम्पदा यादव, बारबर्दिया नगरपालिकाकी ४० वर्षीया सुमिता थारु र गुलरिया नगरपालिका—१ की ६० वर्षीया कुन्ती यादवको शल्यक्रिया गरिएको जिल्ला अस्पतालले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)