मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बेलायतमा खोप लगाएकामा ओमिक्रोन संक्रमण, एकैदिनमा ४५ प्रतिशतले वृद्धि

ratopati.com

बेलायतमा कोरोना संक्रमणको नयाँ रुप ‘ओमिक्रोन’ संक्रमितको संख्या बढ्ने क्रम निरन्तर जारी छ । पछिल्लो २४ घन्टामा अघिल्लो दिनको तुलनामा ४५ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । बिहीबार एकैदिन २४९ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । यससँगै बेलायतमा ओमिक्रोन संक्रमितको संख्या ८१७ पुगेको छ । संक्रमण हुनेमा खोप लगाइसकेका व्यक्तिहरुसमेत रहेका छन् । तर, यस अघिकोको तुलनामा उक्त भाइरसका लक्षणहरु सामान्य रहेको विज्ञहरुले जनाएका छन् । यद्धपि यसबाट सावधान रहनको लागि उनीहरुले आग्रह गरेका छन् ।

नयाँ भाइरसको प्रभाव बढेसंगै यसको प्रभाव कम गर्न सरकारले कडा प्रतिबन्ध लागू गर्ने भएको छ । शुक्रबारबाट थिएटर लगायतका स्थानमा फेस मास्कको अनिवार्य प्रयोग, निश्चित स्थानमा कोभिड पासको व्यवस्था तथा सम्भव भए घरबाटै काम गर्न सरकारले आग्रह गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)