मेस्सी महान खेलाडी र मित्र हुन् तर फाइनलमा भावनाको स्थान छैन : नेयमार
makalukhabar.com · Sat Jul 10 16:44:13 GMT 2021
काठमाडौ । फुटबलका सुपरस्टार लियोनल मेस्सी र नेयमारको बलियो मित्रता बार्सिलोनामा सँगै हुँदा भएको थियो । नेयमार मेस्सीसँगै खेल्नका लागि अरु अवसरहरु छोडेर बार्सिलोनामा आवद्ध भएका थिए । यि दुवै सुपरस्टारले बार्सिलोनाबाटसँगै खेल्दै चार बर्ष बिताएका थिए । मेस्सी, नेयमार र लुइस स्वारेजले क्लबमा अहिलेसम्मको सबैभन्दा डरलाग्दो आक्रमण पंक्ती बनाएका थिए ।
तर, अब भावनात्मकताको कुनै स्थान छैन किनभने अर्जेन्टिना र ब्राजिल कोपा अमेरिकाको फाइनलमा आइतबार विहान खेल्दैछन । यीनै दुई सुपरस्टार उपाधिका लागि खेल्दैछन् । संयोग कस्तो छ भने यी दुबै महान् खेलाडी जसले जितेपनि त्यो उनीहरुका लागि कोपा अमेरिकाको पहिलो उपाधि हुनेछ । नेयमारले पनि आफ्नो मेसीसँगको महान मित्रता कोपा अमेरिका फाइनलको कारणले समस्यामा परेको स्विकारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)