भारतको खोप उत्पादन क्षमताको राष्ट्रसंघीय महासचिवले गरे प्रशंसा
hamrakura.com · Wed Feb 10 18:07:00 UTC 2021
न्यूयोर्क । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्सले भारतको कोभिड–१९ खोप उत्पादन क्षमताको प्रशंसा गर्दै विश्वका लागि महत्वपूर्ण सम्पति भएको बताएका छन् । कोभिड–१९ को खोप उत्पादनहरुको बारेमा पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रसंघीय महासचिव गुटर्सले भारतको खोप उत्पादन क्षमता महत्वपूर्ण सम्पति र प्रशंसनीय उपलब्धी भएको बताएका हुन्। भारतले ठूलो मात्रामा खोप उत्पादन गर्नु विश्वका लागि नै महत्वपूर्ण सम्पति भएको गुटर्सले बताए ।
कोभिड–१९ बिरुद्धको लडाई सफल बनाउने लक्ष्यमा विश्व एक रहेको बेला भारतसँग खोप उत्पादनका लागि महत्वपूर्ण सामाग्रीहरु छन् भन्नेबारे संयुक्त राष्ट्रसंघ आशावादी रहेको गुटर्सको भनाई छ। विश्वका सबै देशहरुमा खोप उपलब्ध गराउने लक्ष्यमा आफुहरुले काम गरिरहेको महासचिव गुटर्सले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)