प्रधानमन्त्री ओलीको पीसीआर रिपोर्ट नेगेटिभ
ekantipur.com · Fri Aug 07 17:37:47 UTC 2020
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार स्वाब संकलन गरी प्रधानमन्त्रीसहित उनको सम्पर्कमा आइरहने केही व्यक्तिको पीसीआर परीक्षण गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्रीसहित स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, कानुनमन्त्री शिवमाया तुङ्बाहाम्फे, विष्णु रिमाल, राजन भट्टराई, सूर्य थापा र इन्द्र भण्डारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)