मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बालीनालीको अवशेष व्यवस्थापन

rajdhanidaily.com · Mon Apr 17 23:40:37 GMT 2023

विभिन्न बालीनाली भित्र्याएपछि बाँकी रहेको डाँठ दाइँ गरेपछि बचेको पराल, भुस, लहरा तथा जमिनमा असरल्ल पातलाई बालीनाली अवशेष भनिन्छ । विगत केही दशकदेखि कृषिक्षेत्रमा मेसिनको प्रयोग बढ्दो छ । साथै खेतबारीमा काम गर्ने खेतालाको न्यूनताले गर्दा यो पनि आवश्यकता बनेको छ । यस्तोमा काट्ने तथा दाइँ गर्नु कम्बाइन्ड हाडरबेस्टरको प्रचलन द्रुत गतिले बढेको छ । जसको कारण ठूलो परिमाणमा बालीनालीको अवशेष खेतमा रहिरहन्छन् जसको समुचित व्यवस्थापन एउटा चुनौतिका रूपमा हाम्रो सामु छ ।

किसानहरू आफ्नो सहुलियतका लागि यिनलाई बालेर व्यवस्थापन गर्छन् । यसका पछाडि किसानको आफ्नो तर्क छ । उनीहरूका अनुसार केही बाली जस्तै धान गहुँका जरा चाँडै माटोमा गल्दैन । साथै धान रोप्नेबेलामा किनारमा थुप्रिने हुँदा कामदारको खुट्टा घोच्छ । त्यसबाहेक अवशेष व्यवस्थापनमा खर्च ज्यामी अनि समयको आवश्यकता पर्छ तथा दुई बालीबीच उपयुक्त समयको अभावमा उनीहरू यस्तो गर्न बाध्य छन् । उनीहरूको तर्क यो पनि छ कि बालीनालीको अवशेष डढाउँदा खेत सफा हुन्छ तर यसरी बालीनाली अवशेष व्यवस्थापन खेतको माटो, वातावरण एवं मानिस तथा पशुको स्वास्थ्यका लागि कति घातक हुन्छ यसको अनुमान आज पनि किसानलाई छैन । कुल बालीनाली उत्पादनको ५८ प्रतिशत नगदेबालीबाट १७ प्रतिशत उखुबाट २० प्रतिशत रेसा भएका बालीबाट ५ प्रतिशत तेलहन बालीबाट प्राप्त हुन्छ । भारतमा गरिएको एउटा सर्वेक्षण प्रतिवेदनअनुसार सबैभन्दा बढी बालीनाली डढाउनेमा पन्जाव, हरियाना, पश्चिमी उत्तर प्रदेश रहेको छ जसका कारण नयाँ दिल्लीको वायु प्रदूषण उच्च बिन्दुमा छ । तर, आन्ध प्रदेश, महाराष्ट्र, पूर्वी उत्तर प्रदेश आदि राज्यमा पनि यो प्रथा सुरु भएको देखिन्छ । हाम्रो देशमा भने यो चलन नौलो चाहिँ होइन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)