सीमा विवादको विषयमा नेपालले भारतसँग वार्ताको सुरुवात गर्न चाहन्छ : परराष्ट्रमन्त्री ज्ञवाली
pahilopost.com · Fri Jan 15 17:32:37 UTC 2021
काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सीमा विवादको विषयमा नेपालले भारतसँग वार्ताको सुरुवात गर्न चाहेको बताएका छन्। इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्सले नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले सीमा विवादका केही विषयहरु थाँती रहेको भन्दै ति विषयमा वार्ता शुरु गर्नुपर्ने बताएका हुन्।
कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले सीमाका विषयमा सहमति जुटाउन सके पूर्ण विवादरहित अन्तर्राष्ट्रिय सीमा कायम हुने मात्रै नभई दुई देशका नागरिकमा सकारात्मक सन्देश जाने तथा दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्धमा विश्वासको वातावरण समेत बन्ने बताए। त्यो अवस्थासम्म पुग्न दुई देश सफल हुनेमा पनि उनले विश्वास व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)