मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

भारतले सुरु गर्‍यो 'बुस्टर डोज' अभियान

ekantipur.com · Tue Jan 11 01:06:29 GMT 2022

नयाँदिल्ली — तेस्रो लहरको संक्रमण तीव्र बन्दै गएपछि भारतले कोभिडविरुद्धको खोपको बुस्टर डोज अभियान सुरु गरेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, कोभिडविरुद्ध अग्रमोर्चामा खटिएकाहरू तथा ६० वर्षभन्दा बढी उमेर समूहका जटिल रोगीलाई खोपको बुस्टर डोज दिन सुरु गरिएको अधिकारीहरूले जनाएका छन् ।

पछिल्ला दिनहरूमा भारतमा कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको फैलावट बढिरहेको अधिकारीहरूले जनाएका छन् । विभिन्न देशमा गरिएका अध्ययनमा खोपको बुस्टर डोज लगाएकाहरूमा ओमिक्रोन संक्रमणले न्यून असर पुर्‍याउने देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)