एक करोड तलब खाने बिहारकी ‘गुगल गर्ल’
farakdhar.com · Thu Nov 18 17:25:54 GMT 2021
उमेर २५ वर्ष । तलब प्रतिमहिना नौ लाख रुपैयाँ । तपाईंलाई विश्वास नहुन सक्छ, तर बिहारकी मधुमिता कुमारका लागि अब यो सपना होइन, विपना भइसकेको छ । विश्वको ठूलो सर्च कम्पनी हो, गुगल । यही कम्पनीले मधुमिताका लागि वार्षिक १ करोड ८ लाख रुपैयाँ ९ भारु तलबको जागिर दिएको छ ।
स्विजरल्याण्डमा रहेको गुगलको अफिसमा टेक्निकल सोलुशन इन्जिनियरको रुपमा मधुमिताले सोमबारदेखि काम सुरु गरेकी छिन् । मधुमिता गुगलमा काम गर्नुपूर्व बैंगलुरुस्थित एपिजी कम्पनीमा काम गर्थिन् । उनका बाबु उनलाई पछिल्लो समय अमेजन, माइक्रोसफ्ट र मर्सिडिज जस्ता कम्पनीबाट पनि जागिरको लागि अफर आएको बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)