अर्का कमरेड पनि अस्ताए
janaaastha.com · Thu Oct 29 17:02:13 UTC 2020
दोस्रो संविधानसभाका सदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट मंगलबार दिउँसो निधन भएको छ । सप्तरीको कञ्चनपुर नगरपालिका–४, जगतपुर निवासी चौधरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक २ गते धरान लगिएको भनिएपनि चौधरीको यसअघि कोशी अञ्चल अस्पतालमा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको बताइन्छ ।
उनले दोस्रो संविधानसभाको निर्वाचन सप्तरीको क्षेत्र नं. १ बाट जितेका थिए । त्यसअघि पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ता निर्वाचित हुँदै आएकोमा दोस्रो संविधानसभा निर्वाचनमा मानपुर चौधरीले जितेका हुन् । त्यसबखत माओवादी र एमालेबीच चुनावी तालमेल भएको थियो । चौधरी विद्यालयदेखि नै गुप्ताका सहपाठीसमेत थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)