चितवनमा मंसिरयता ५२ वटा लागुऔषधका मुद्दा दर्ता
baahrakhari.com · Mon Jan 05 16:54:00 GMT 2026

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा मंसिरदेखि पुस २० गतेसम्म लागुऔषधका ५२ वटा मुद्दा दर्ता भएका छन् ।
ती मुद्दामा ८१ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ७८ जना पुरुष र तीनजना महिला रहेका छन् । उनीहरूको साथबाट ३१ किलोग्राम गाँजा, २२० ग्राम खैरो हिरोइन, नौ ग्राम चरेस, पाँच हजार १२८ एम्पुल ट्रामाडोल, १३१ एम्पुल डाइजेपाम, १३१ एम्पुल फेनरागन र १३१ एम्पुल नुर्फिन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)