मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सनराइजर्स हैदरावाद प्लेअफमा, चेन्नईमाथि ५ विकेटको जित

ratopati.com · Mon May 18 18:14:37 GMT 2026

काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत सोमबार भएको खेलमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

चेन्नईले प्रस्तुत गरेको १८१ रनको लक्ष्य हैदरावादले १९ ओभरमा ५ विकेट गुमाएर सफलतापूर्वक भेट्टायो । हैदरावादको जितमा ओपनर इशान किशनले विस्फोटक ब्याटिङ गर्दै ४७ बलमा सर्वाधिक ७० रनको योगदान दिए । उनलाई हेनरिक क्लासेनले ४७ रन र अभिषेक शर्माले २६ रन बनाएर राम्रो साथ दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)